Advertisement

चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल तर्फ

0 445

Advertisement

०२ जेठ, काठमाडौं । चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपालको तातोपानी ल्याइपुर्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

उक्त सिलिन्डर नेपाल सरकारले नेपाल ल्याएको भन्नेतापनि यव निजि रुपमा व्यवसाहीले नेपाल भित्राएको जानकारी प्राप्त भएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको खवर विभिन्न मिडियामा आएपनि यो उनले यो सूचना साचो नभएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

चीन सरकारले अनुदान दिएको ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।

शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.