Advertisement

(एसईई) र कक्षा १२ को परीक्षाको मोडेल बारे छिटै निर्णय हुने

0 1,027

Advertisement

०१ जेठ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडेल बारे छिटै निर्णय हुने बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार दोस्रो कार्यभार सम्हाल्ने क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

एसईई र कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थी तथा तिनका अभिभावक र शिक्षकको परीक्षा प्रति चिन्तित रहेको अवस्थामा परक्षिा कसरी सञ्चालन गर्ने भन्ने बारे छिटै निर्णय गरिने बताउनु भएको हो ।

केही दिनअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा दुई परीक्षाको विधिका बारेमा अध्ययन गर्न कार्यदल गठन भएको थियो । सो कार्यदलको समयावधि १५ दिन तोकिएको छ ।

मन्त्री श्रेष्ठले कार्यदलले प्रतिवेदन पेस गर्नासाथ आफूहरूले सोही आधारमा निर्णय गर्ने जानकारी दिँदै परीक्षाको ‘मोडेल’ परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

त्यसै गरी पदवहालीको अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्नेबारेमा पहिलो निर्णय गर्नुभएको छ । यसैबीच गत पुस १२ गते पदभार गर्नु भएका श्रेष्ठले साढे चार महिनामा गर्नुभएका मुख्य २० वटा काम सार्वजनिक गरिएको थियो । मन्त्रीको पहिलो कार्यकालमा ६ अर्ब रुपियाँ बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनमा आएको थियो ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.