Advertisement

सिन्धु सभ्यताको विनाश : जलवायु परिवर्तन

0 1,857

Advertisement

दीपेस मूर्ति पन्त
०१ जेठ, काठमाडौं । जलवायु परिवर्तनले प्राचीन सभ्यताहरूको उत्थान र पतनमा निकै उल्लेखनीय भूमिका खेलेको छ। बसाइँसराइ देखि खेतीको प्रकार र खानपान रहनसहन समेतमा यसको असर स्पष्ट देख्न सकिन्छ। विशेष गरी दक्षिण एसियाको एक महत्वपूर्ण सभ्यता सिन्धु उपत्यकाको सभ्यतामा मनसुनी प्रणाली र यसको आकस्मिक परिवर्तनले पुर्याएको असरलाई अहिलेका केही अध्ययनहरूले पुष्टि गर्दछन्।

सिन्धु उपत्यकाको सभ्यता (Indus Valley Civilization) एक शानदार कास्य युग (Bronze Age) को सभ्यता थियो । यसका प्रमुख स्थानहरू हरप्पा (Harappa), मोहन जोदडो (Mohenjo-daro), धोलाविरा (Dholavira), गणेरिवाला (Ganeriwala), राखिगढी (Rakhigarhi) पर्छन् । आजभन्दा ४६०० देखि ३९०० (ई पु २६०० देखि १९००) सम्म वर्ष अगाडिको समयमा यो आफ्नो चरम विकासमा थियो ।

अहिलेको उत्खननबाट के देखिन्छ भने मोहन जोदडो र हरप्पा साठी हजार भन्दा बढी जनसंख्या रहेका, पानी, कुवा, ढल निकासको व्यवस्था भएका धेरै व्यवस्थित महनगरहरु थिए । तर यो ३३०० वर्ष (ई पु १३००) अघि तिरबाट पतन हुन शुरू भयो ।

यसका धेरै कारणहरू अनुमानहरु अहिले पनि अनुसन्धानको क्रममा छन् । ती मध्ये एक अनुमान जलवायु परिवर्तनलाई पनि मानिन्छ । Climate of Past नामक जर्नलमा छापिएको एक अनुसन्धान 4.2 ka BP climatic event ले पनि त्यही परिस्थितिलाई पुष्टि गर्छ।आजभन्दा ५४०० देखि ३००० वर्ष पहिले सिन्धु उपत्यकामा भएको वर्षाको प्रकृतिसङ्ग समन्धित तथ्यहरु सिन्धु नदीले अरब सागरमा मिसिदा बनेको डेल्टामा थुप्रिएका विभिन्न पत्रहरुको अध्ययनहरुबाट पाइएको छ, भने सागरको पिँधका पत्रहरुले हिउँदे वर्षा तथा बायुप्रणालिको बारेमा बताउँछन्। करीब ४२०० वर्ष अघि मनसुनी वर्षाको बेलामा त्यहाँ भिषण खडेरी भएको थियो जसले सिन्धु उपत्यकाको सभ्यतामा ठूलै उथलपुथल आएको थियो।

अनुसन्धानकर्ता Prof. Michael Staubwasser ( University of Cologne) भन्छन् ” यी नमुनाहरुको विश्लेषणबाट हामीले ४२०० वर्ष देखि ३९०० वर्ष पहिलेको वर्षे तथा हिउँदको वर्षाको प्रकृतिको बारेमा धेरै तथ्यहरु फेला पारेका छौ। ४१०० वर्ष पहिलेको समयमा त वर्षा त्यो समयको सबै भन्दा न्यून पनि पुगेको थियो। मानिसहरूले प्रशस्त वर्षाबाट एकएक चरम खडेरीको सामना गर्नु परेको थियो।”

मोहन जोडदो जस्तो विशाल महानगरलाइ कृषि उत्पादन त आवश्यक नै हुने भयो भने विशाल नहरको माध्यमबाट नदीको पानी पनि आपूर्ति गरिन्थ्यो। एकाएक मनसुन रिभर्स सिफ्ट हुँदा भएको चरम खडेरीले अवस्था नाजुक हुन पुगेको थियो। जसले यो सभ्यतालाई चरम चुनौती दियो ती विशाल शहरहरू त्यागेर जनसंख्याको ठूलो मात्रा बसाइँसराइ गरेको हुनु पर्छ।

त्यस्तै Chaos: An Interdisciplinary Journal of Nonlinear Science भन्ने जर्नलमा प्रस्तुत गरिएको शोधले जलवायु परिवर्तनको नै त्यसको पतनको कारण थियो भन्ने पक्षमा गणितीय प्रमाण नै दिएको छ ।

गणित वैज्ञानिक निशान्त मलिक (Rochester Institute of Technology) ले सो शोधमा मनसुन मौसममा आएको परिवर्तन (Shift in Monsoon season) र खडेरीले सो शानदार सभ्यताको पतनको शुरुवात हो भन्ने यथेष्ट गणितीय तथ्यहरु प्रस्तुत गरेका छन् ।

विभिन्न कालखण्डमा भएको मनसुनी वर्षाको स्तर, यसको प्रकृति र समयमा आएको परिवर्तनलाई आधार बनाएर गणितीय विश्लेषण गर्दा सिन्धु उपत्यकाको सभ्यताको उत्थान र पतनको एक स्पष्ट मार्गचित्र देखिन्छ। जसले यो सभ्यताको पतनमा मनसुनी वर्षातको प्रकृतिलाई प्रमुख कारण मान्न सकिन्छ।

गुफाहरुका छतबाट पानी चुहिँदा खनिजहरूको एक संरचना बन्छ त्यसलाई भुइँमा बनेको संरचनालाई Stalagmite भनिन्छ भने छतमा झुन्डिए जसरी बनेकोलाई Stalactite भनिन्छ । हाम्रा गुफा हरुमा पनि त्यस्तो संरचनाहरु हुन्छन् जसलाई हामी गाईको थुन र शिवलिङ्ग तथा अन्य देवीदेवताको रूप भन्दै पूजा गर्छौं । ती संरचनाहरु हजारौं वर्षको समयमा बनेका हुन्छन् र बिस्तारै बढ्दै गइरहेका पनि हुन्छन् ।

त्यहाँ भएका खनिज तत्वका निश्चित आइसोटप (Isotopes) हरुलाई विश्लेषण गर्ने हो भने हामीले हजारौँ वर्षदेखि त्यो क्षेत्रमा भइरहेको वर्षातको स्तर पत्ता लगाउन सक्छौं । वैज्ञानिकहरूले त्यही Stalagmite को अध्ययनबाट सो क्षेत्रमा ५७०० वर्षदेखिको वर्षातको स्तरलाई आँकलन गर्न सक्षम भएका छन् । त्यही क्षेत्रमा रहेका गुफाहरुका तिनै संरचनाको अध्ययन गर्दै मलिकले गणितीय विश्लेषणबाट त्यो क्षेत्रको मनसुनी अवस्थाको आँकलन गर्न सफल भएका छन् ।

मलिकले आफ्नो शोधमा त्यो क्षेत्रमा भएको सो सभ्यताको उदय, विकास र पतनको समय अवधीहरुमा रहेको उल्लेख्य मनसुनी मौसमको परिवर्तनको तथ्यहरु विश्लेषण गर्दा एक निश्चित स्वरूप पत्ता लगाएका छन् । जस्तो कि यस सभ्यताको उत्थान र पतनको अवधिमा मनसूनको निश्चित Pattern स्पष्ट देखिन्छ । यस सभ्यताको पतनको बेला मनसुन पनि नियमित रुपमा Reverse Shift भएको थियो ।

शोधकर्ता मलिक भन्छन, प्राय “Paleoclimatic* तथ्यहरूलाई विश्लेषण प्राप्त हुने तथ्यहरु छोटो अवधिका साथै अनिश्चित र स्पष्ट हुँदैनन् । तर यसैलाई गणितीय मोडलिङ्ग को सहायताले पर्यावरणीय र यसको लामो अवधिमा हुने परिवर्तनशिलता समेत बढी सटीक ढङ्गले विश्लेषण गर्न सक्छौं जबकि यही कुरा Paleoclimatic विश्लेषणमा भने प्राय कठिन हुन्छ। त्यसैले गणितीय विधिबाट गरिने तथ्य विश्लेषणले नियमित समयक्रममा वातावरणमा आएको परिवर्तनहरू चाहे त्यो छोटो अवधिको होस् या लामो अवधिको, धेरै स्पष्ट र सटीक रुपमा आँकलन गर्न सकिन्छ ।

(*Paleoclimatology: ढुङ्गाहरू, हिउँका पत्रहरु, रुखका विशेषगरी फेदका भित्री पत्रहरुको, गुफाहरुमा थुप्रिएका खनिज आदिको विश्लेषण गरेर हजारौँ वर्ष अघि पृथ्वीको वातावरण कस्तो थियो भनेर अध्ययन गर्ने विधि हो।)

मलिक यहाँ कसरी वातावरणीय व्यवस्थाको गतिशील परिवर्तन भएको छ र ती दुर्लभ परिवर्तनहरू एक्कासी कसरी नियमित हुन पुगे भन्ने कुरामा बढी केन्द्रित छन् ।

ती तथ्यहरूलाई गणितीय मोडलिङ्ग गरेर अल्गोरिदमको सहायताले मलिकले त्यतिबेलाको वातावरणीय परिवर्तन र मनसुनको सराइलाई स्पष्ट रुपमा सिन्धु उपत्यकाको उत्थान र पतन दुवैमा तुलना गर्दा यो मेल खान्छ।

सिन्धु उपत्यकाको पतनको कारणहरुमा युद्ध, भूकम्प, व्यापारको स्थितिको परिवर्तन आदिलाई अनुमान गरिए पनि अहिलेको अनुसन्धानले यसको पतनको कारण जलवायु परिवर्तनलाई बलियो सँग उभ्याएको छ । मनसुन पछि पछि सर्दै जानु नै सिन्धु उपत्यकाको पतनको मुख्य कारण हुने सम्भावना प्रवल हुँदै गएको छ । यसैले गर्दा सिन्धु उपत्यकाका मानिसहरू बाध्य भएर त्यस ठाउँको परित्याग गर्दै अन्य स्थानमा बसाइँसराइ गरेको हुनुपर्छ ।

अहिलेका धेरै अनुसन्धानले रेशम मार्गमा रहेका धेरै शानदार सभ्यताहरू जुन एक समय अवधिमा धेरै समृद्ध र शक्तिशाली अवस्थामा पुगेका थिए, तिनीहरूको एकाएक पतन पनि युद्ध, व्यापारको अवस्थाको परिवर्तन भन्दा पनि जलवायु परिवर्तनको अवस्था थिए भन्ने कुरा देखाउँछन् । ती परिकल्पनालाई पनि मलिकको यो शोधले बल पुग्छ ।

हाल विश्वले भोग्नु परेको सबै भन्दा डरलाग्दो अवस्था पनि यही जलवायु परिवर्तनकै समस्या हो । अहिले पनि विभिन्न स्थानहरूमा भएका मानिसका बसाइँसराइहरु यसैको कारणले भएको स्पष्ट देख्न सक्छौं । त्यसैले जलवायु परिवर्तनले आजमात्र होइन इतिहासका विभिन्न काल खण्डका सभ्यताको उत्थान र पतन दुवैमा मुख्य भूमिका खेलेको छ। त्यसैले यसलाई गम्भीर रुपमा लिनु अबको मुख्य आवश्यकता हो ।

लेखक कोबारेमा थप जनाकारी

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.