Advertisement

२ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन

0 817

Advertisement

०१ जेठ, काठमाडौं । २ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मानुषी लघुवित्त र दोर्दीखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

मानुषी लघुवित्तले बैशाख १३ गते आवेदन दिएको हो भने दोर्दीखोलाले बैशाख २१ गते आवेदन दिएको हो । मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

बोर्डबाट अनुमति पाएपछि दुवै कम्पनीले आईपिओ निष्काशन गर्ने छन् । मानुषी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । यो राष्ट्रिय स्तरको लघुवित्त हो ।

दोर्दीखोलाले भने लमजुङमा १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा लमजुङ इलेक्ट्रीसिटी डेभलपमेन्ट कम्पनीको ८४.९५ प्रतिशत लगानी छ ।

यो पनि पढ्नुहोस्”:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.