Advertisement

अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा

0 43

Advertisement

२३ चैत, काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिना ६ वर्षपछि पिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो ।

अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २-० र कुराकाओलाई ७-० ले पराजित गरेको थियो ।

अर्जेन्टिना यसअघि २०१७ मा शीर्ष स्थानमा थियो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । पछिल्लो पटक ब्राजिल मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ ले पराजित भएको थियो ।

वरीयताको शीर्ष तीन बाहेक शीर्ष दशभित्र अन्य परिवर्तन भएको छैन । बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११औं स्थानमा छ ।

एसियाली राष्ट्रतर्फ जापान सबैभन्दा माथि २०औं स्थानमा छ भने इरान २४औं र दक्षिण कोरिया २७औं स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.