Advertisement

चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा

0 14

Advertisement

१४ चैत, काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरका कारण उद्योगीहरुले ऋण लिएर व्यवसायमा लगानी गनसक्ने अवस्था नरहेको र यसअघि ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्नसक्ने अवस्था नहुँदा यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए । अध्यक्ष मल्लले भने, “पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन । उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्ने देखिएको छ । ”

अध्यक्ष मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गर्दै उनले ब्याजदर नियन्त्रणसंगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्न अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए । उनले भने, ‘पुँजीगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल ग्रार्हस्त उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा ब्यापार घाटा आकासिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधारण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भईसक्यो ।

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाईम कार्ड लागू गर्नुपर्ने मल्लको भनाई छ ।

मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजानका लागि ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताईन् । संसदमा आफूहरुले यो विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराएकोे उनको भनाई छ ।

अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरु पुरानो भएकाले पनि परिणाम मुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाई छ । आफूहरु निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको भन्दै सांसद श्रेष्ठले अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरुमा निजी क्षेत्रको सुझावलाई पनि पार्टीले ग्रहण गर्ने बताईन् । सो पार्टीका अर्का सांसद हरि ढकालले उद्योगी व्यवसायी कुनै राजनीतिक दल विशेषसँग जोडिन नहुने बताए ।

मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे भएको अन्तरक्रिया कार्यक्रममा चेम्बरका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु उपस्थित थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.