Advertisement

साहित्यका क्षेत्रमा केही गरौं, साहित्य दिवस कसरी मनाउने ?

0 122

Advertisement

२६ फागुन, काठमाडाैं । धेरैलाई थाहै होला हामीले विगत दश वर्षदेखि आधिकारिक रूपमा साहित्य दिवस मनाउँदै आएका छौं ।

कहिलेदेखि ?
“साहित्य संवर्द्धन केन्द्रले २०७० सालदेखि हरेक वैशाख महिनाको १ गतेलाई साहित्य दिवस भनेर मनाउँदै आइरहेको छ । साहित्यका क्षेत्रमा केही गरौं भन्ने हौशलाका साथ त्यतिबेला विनयकुमार शर्मा नेपाल, भुवनहरि सिग्देल, डा. विश्वदीप अधिकारी, बूनु लामिछाने, दुर्गाप्रसाद नेपाल र प्रा. राजेन्द्र सुवेदी जस्ता साहित्यकारहरूको सङ्लग्नता र सक्रियतामा साहित्य संवर्द्धन केन्द्रको स्थापना भयो। उनीहरूले २०७० साल वैशाख ६ गते एक भव्य कार्यक्रमको आयोजना गरी साहित्य दिवसको विधिपूर्वक आरम्भ गरे ।

सत्यमोहन जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, मदनमणि दीक्षित, कोषकार
वसन्तकुमार शर्म्मा नेपाल, कृष्णप्रसाद पराजुली, कमलमणि दीक्षित, प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु,
आनन्ददेव भट्ट, भानुभक्त पोखरेल, नित्यराज पाण्डे, भद्रा घले, श्यामदास वैष्णव, गीताकेशरी, गोपीकृष्ण शर्मा
जस्ता त्यतिबेलाका जल्दाबल्दा वरिष्ठ साहित्यकारहरू लगायतका ४०० भन्दा बढी स्रष्टा उपस्थित रहेको भव्य
कार्यक्रमले साहित्य दिवसको घोषणा गरेको थियो । त्यसपछिका वर्षहरूमा यस केन्द्रले प्रत्येक वैशाख १ गतेलाई
साहित्य दिवसको रूपमा मनाउँदै आइरहेको छ ।

कसरी मनाउँदै आएको छ त ?
यस संस्थाले २०७१ देखि निरन्तर वर्षभरि नेपालबाट प्रकाशित पुस्तकहरूका अभिलेखन राख्ने हिसाबले
‘वर्ष साहित्य पुस्तक’ प्रकाशित गर्दै आइरहेको छ । यसको ७ संस्करण आइसकेको र ०७८ को यसै वैशाख १ गते
हुने कार्यक्रममा विमोचन गरिने छ । साहित्यको प्रत्येक विधाको स्रष्टा-लेख-रचना ग्रन्थको अभिलेख राखेर तयार
गरिएको साहित्य वर्षको पुस्तक कृति, लेखक, प्रकाशनको समीक्षात्मक अभिलेखन ग्रन्थ हो ।
विभिन्न विधाका साहित्यकारहरूलाई प्रबर्द्धन र संवर्द्धन गर्ने उद्देश्यले विविध विधामा विभिन्न सम्मान
तथा पुरस्कार वितरण गरिदै आइरहेको । हाल पुरस्कारको सङ्ख्या १३ पुगेको छ । यीबाहेक यस केन्द्रको निम्न
परिकल्पना छन् ।

१. नेपालभित्रका सबै भाषा-साहित्य सेवीहरूको जमघट गराएर साहित्य दिवस भव्य रूपमा मनाउने ।
२. राष्ट्रिय स्तरको पुस्तकालय खोल्ने ।
३ साहित्यिक व्यक्तित्वहरूको ‘सहित्यकार अध्ययन अनुसन्धान कक्ष’ हरूको निर्माण गर्ने ।
उपरोक्त कार्यको लागि साहित्य संवर्द्धन केन्द्रले थोरै परिमाणमा भए पनि सार्वजनिक या निजी जग्गाको
खोजी गरिरहेको छ । जहाँ भवन बनाएर पुस्तकालय लगायत अन्य कार्य अगाडि बढाउन सकियोस् ।
२०८० वैशाख १ गतेको साहित्य दिवस कस्तो हुन्छ ?
आम मानिसको साहित्यप्रति ध्यान खिचेर साहित्य पढ्न प्रेरित गर्ने अभिप्रायले आगामी वैशाख १ गते
प्रभातफेरी कार्यक्रम गर्ने योजना रहेको छ । उक्त दिन बिहान ७ देखि ८ बजेभित्र जम्मा भई रानीपोखरी अगाडि
नुभक्तको सालिकमा माल्यार्णपण गरी टुडिँखेल घुमेर काठमाडौँको बागबजारमा रहेको काठमाडौँ मोडल
कलेजको सभाकक्षमा जम्मा भई पुस्तक विमोचन र पुरस्कार प्रदानको कार्यक्रम गर्ने ।

उक्तदिन साहित्यकारहरूले साहित्य दिवस लेखिएको टोपी र गन्जी लगाएर हातमा प्लेकार्ड बोकेको देख्न
पाइनेछ । २०७८ सालभरि प्रकाशित भएर केन्द्रमा आइपुगेका ‘वर्ष साहित्य पुस्तक’को विमोचन हुनेछ । विभिन्न
विधाका १३ साहित्यकारहरू पुरस्कृत हुनेछन् ।

साहित्यलाई माया गरी यसको संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो तसर्थ प्रत्येक
साहित्यकार, साहित्यिक पत्रकार, साहित्यिक पत्रिका र सम्पूर्ण नेपालीले आआफ्नो ठाउँबाट सकेको साथ, सहयोग
र प्रचार गर्नु वाञ्छनीय छ । वैशाख १ गते सकिन्छ भने रत्नपार्कमा बिहान ७-८ भित्र बजे आएर साथ दिऔं,
गरौँ, अरूको पढौं र पढाऔं।
(यस पत्रलाई चैत्र महिनाको आआफ्नो पत्रिकामा प्रकाशित गरिदिनु होला)
-रामकुमार पण्डित (सदस्य, साहित्य संवर्द्धन केन्द्र, नेपाल)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.