Advertisement

पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस, एक नम्बरमा बसन्त कुँवर

0 55

Advertisement

२६ फागुन, काठमाडौं । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले शुक्रबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसको एक नम्बरमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्तबहादुर कुँवर छन्। यस्तै, दोस्रोमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेकप्रसाद राई छन्।

त्यसपछि क्रमश: दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। थापा बागमती प्रदेश प्रहरी प्रमुख हुन् भने ज्ञवाली कोशी प्रदेश प्रहरी प्रमुख छन्। बज्राचार्य प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्।

नेपाल प्रहरीमा लामो समयदेखि एआईजी पद रिक्त छ। बढुवा सिफारिस भएका यिनै पाँच जनामध्ये आउँदो चैतपछि प्रहरी महानिरीक्षक बन्नेछन्।

AIG_Badhuwa_Sifaris-List1678437259.jpg



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.