Advertisement

मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड

0 74

Advertisement

२४कात्तिक काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् ।

बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए ।

‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो गठबन्धनलाई जनताले अत्याधिक विजयी गराउन जरुरी छ’, प्रचण्डको भनाइ छ ।

उनले संविधान मिचेर लोकतन्त्रको हत्या गर्ने प्रयास भएपनि त्यसलाई आफूहरूले असफल पारिदिएको बताए । ‘नेपालमा यदि त्यो सफल भएको भए देश फेरि आन्दोलन र अराजकतामा जान्थ्यो, यद्यपि त्यसलाई हामीले परास्त गर्यौ र स्थानीय हुँदै यो निर्वाचनसम्म आएका छौ’, गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले गठबन्धन नारा नै सम्बृद्धि र विकास भएको बताए । उनले आफ्नो एउटै मात्र सपना रहेको र त्यो भनेको गोरखाबाट आर्थिक सम्बृद्धिको सुरुवात गर्ने र त्यो सम्बृद्धि विश्वले देख्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.