Advertisement

सेयर बजारमा २३.५३ अंकको गिरावट, १७१ कम्पनीको सेयर मूल्य घट्यो

0 69

Advertisement

२४कात्तिक, काठमाडाैं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंक (१.२३ प्रतिशत) ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । बुधबार २ प्रतिशतले गिरावट भएको थियो । बिहीबार पनि एक प्रतिशत माथिले गिरावट हुँदा नेप्से १४ कात्तिकपछि पुनः १८०० अंकको बिन्दुमा झरेको छ ।

नेप्सेसँगै सबै उपसूचका गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १७१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ ।

यता अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.९१ प्रतिशतले गिरावट हुँदा किसान लघुवित्त वित्तीय संस्थाको ५.७८ प्रतिशत र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ५.२५ प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.