Advertisement

जब उनले बुट ढोगिन्

0 80

Advertisement

०३ कार्तिक, पोखरा । पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्दै बुटलाई ढोगिन्, उनले । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले चोटसँग जुध्दै नवौं राष्ट्रिय खेलकुदमा आफूले सहभागिता जनाएको दुवै विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।

राष्ट्रिय कीर्तिमान लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन् । चोटकै कारण दुखाइबीच दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन् । दौडिन् र स्वर्ण जितिन् ।

‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो,’ उनले भनिन्, ‘दौडन सक्दिनँ भन्ने लागेको थियो । दौड छाड्नुपरेन, त्यसैले बुटलाई ढोगें ।’ नवौंमा १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी सन्तोषीले बुधबार ५ हजार मिटरमा कीर्तिमानी प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन् ।

‘तीन ल्याप दौडिएपछि एकछिन त दौडिन नै छाडौंजस्तो भएको थियो । तर, अब रेकर्डभन्दा दौड पूरा गरौं भन्ने लाग्यो । गुरुसँगको सल्लाहमा नै दौडिएको सुनाउँदै उनले थपिन्, ‘खुट्टामा भएको घाउको दुखाइ बढ्दै गएपछि दौड रोक्न मन लागे पनि बिहानै रघुराज वन्त गुरुले मोबाइलमा पठाएको म्यासेजले दौड छाड्न मन लागेन । १० हजारको फलो गर्दै दौडिएको थिएँ । त्यसको अघिल्लो राति सुत्न सकेको थिइनँ । ५ हजार मिटरमा दौडन सक्छुजस्तो लागेको थिएन ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.