भारतमा असेम्बल भोल्भो एक्ससी४० इलेक्ट्रिक एसयूभी सार्वजनिक, ४१८ किलोमिटर रेञ्ज

0 46

०३ कार्तिक, काठमाडौं । स्वीडेनको लग्जरी सवारी निर्माता भोल्भोले बुधबार आफ्नो इलेक्ट्रिक एसयूभी एक्ससी४० रिचार्ज पहिलो पटक भारतमा स्थानीय रुपमा असेम्बल गरिएको यूनिट रोल आउट गरको छ। एक्ससी४० रिचार्ज भोल्भो कार इन्डिया बैंगलोरको होसकोटेमा स्थित म्यान्युफैक्चरिङ प्लान्टबाट रोल आउट गरिएको हो।

भोल्भो एक्ससी४० रिचार्ज ५५ लाख ९० हजार भारु एक्स शोरुम मूल्यमा सार्वजनिक गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
भोल्भो एक्ससी४० रोलआउट गर्दै भोल्भो इन्डियाका प्रबन्ध निर्देशक ज्योति मल्होत्राले भारतीय बजारमा कम्पनीले हरेक वर्ष नयाँ इलेक्ट्रिक मोडल पेश गर्ने बताए।

भोल्भो एक्ससी४० रिचार्जले सिंगल चार्जमा ४१८ किलोमिटरको रेञ्ज प्रदान गर्छ। यसले ४.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन्छ। यस इलेक्ट्रिक एसयूभीले ४०८ बीएचपी पावर जेनेरेट गर्छ र करिब २८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।

एक्ससी ४० रिचार्जमा लेदर फ्रि इन्टिरियर दिइएको छ। इन्टिरियरमा ब्याक लिट एम्बिएन्स, रिसाइकल्ड फैब्रिकबाट बनेको कारपेट र केही स्थानमा स्मार्ट स्टोरेज स्पेस दिइएको छ। यस लग्जरी इलेक्ट्रिक एसयूभीमा बिल्ट इन गुगल असिस्टेन्ट र गुगल म्याप तथा अन्य फिचरका साथ टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ।

ईभीमा प्यानोरमिक सनरुफ र हरमन कार्डन साउन्ड सिस्टम दिइएको छ। भोल्भो एक्ससी४० रिचार्जमा ६ एयरब्याग, पावर चाइल्ड सेफ्टी लक, आपतकालिन ब्रेक लाइट र स्वचालित डोर लकिङ लगायत सेफ्टी फिचर दिइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.