Advertisement

दिल्लीलाई एक रनले पराजित गर्दै बेंग्लोर शीर्ष स्थानमा

0 511

Advertisement

१५ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बेंग्लोरले एबी डेभिलियर्सको अर्धशतकीय पारीको मद्दतमा १७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । आइपिएलमा बेंग्लोरविरुद्ध पछिल्लो पाँच म्याचमा दिल्ली पहिलो पटक पराजित भएको हो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले अविजित ५८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । दिल्लीका मध्यक्रमका ब्याट्सम्यान शिमरन हेटमायरले पनि विस्फोटक ब्याटिङ गर्दै २५ बलमै ५३ रन बनाएका थिए । यस्तै, मार्कोस स्टोइनिसले २२ र पृथ्वी शाले २१ रन बनाए ।

बेंग्लोरका लागि हर्षल पटेलले २, केल जेमिसन र मोहम्मद सिराजले एक÷एक विकेट लिए । उता, बेंग्लोरका लागि डेभिलियर्सले ४२ बलमा ७५ रन बनाए । उनले तीन चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कलले १७ र विराट कोहलीले १२ रन बनाए । दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, अवेश खान, कसिगो रबाडा र इशान्त शर्माले एक/एक विकेट लिए ।

६ वटा खेल समाप्त हुँदा बेंग्लोरले पाँच जित र एक पराजयका साथ १० अंक बटुलेर अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा चार जित र दुई पराजयका साथ दिल्ली तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको चेन्नईले पाँच खेलमा चार जित र एक पराजयका साथ ८ अंक बटुलेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.