Advertisement

कोभिडको बहानामा बजारमा कृत्रिम अभाव

0 761

Advertisement

१५ बैशाख, काठमाडौं । कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ ।

दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए । अहिले खुद्रा व्यवसायीले अग्रिम भुक्तानी गरेको साता दिनसम्म पनि सामान नआएको बताएका छन् ।

‘चामल, दाललगायत सामानका लागि अघिल्लो साता नै अग्रिम भुक्तानी पठाएको थिएँ,’ खुद्रा व्यवसायी अर्जुन खड्काले भने, ‘पहिले शुरूमै सामान आउने गरेकोमा अहिले पहिले नै पैसा पठाउँदा पनि सामान पाउन मुश्किल छ ।’ निषेधाज्ञा हुने भएपछि बजारमा ह्वात्तै माग बढेकाले मौज्दात सामान विक्री भएको र नयाँ किन्न खोज्दा सामान पाउनै मुश्किल भएको उनले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.