Advertisement

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ प्रहरीमा कोरोना संक्रमण

0 535

Advertisement

१४ बैशाख, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी कर्मचारीमा पुनः कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वाटरमा कार्यरत ४५ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाण्डु उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने प्रहरीहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

‘हेडक्वार्टर’मा कार्यरत विभिन्न तहका ४५ प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । उनले दोस्रो चरणमा हेडक्वाटरसहित देशभर ९३ प्रहरीमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

पहिलो चरणमा सयौं प्रहरी कर्मचारीलाई कोरोना देखिएको थियो भने ६ जना प्रहरीले ज्यान गुमाएका थिए । कोरोनाको दोस्रो लहर नेपालसहित विश्वभर फैलिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.