सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो

२५ कार्तिक, काठमाडाैँ । सुनको भाउ आज एकैदिन तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको तीन हजार एक सय ६५ रुपैयाँ थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours