एकै दिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो सुन, महँगियो चाँदी पनि

२१ साउन, काठमाडौँ । बिहीबार स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours