सानिमा बैंक र सफायर एस्थेटिक्स बिच छुटको लागि सम्झौता

२३ जेठ, काठमाडौँ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्न सानिमा बैंकले ललितपुरको कुपन्डोलमा रहेको सफायर एस्थेटिक्स बिच सम्झौता गरेको छ।

यस व्यवस्था अन्तर्गत, सानिमा डेबिट र क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप (स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकहरूले यसका सबै सौन्दर्य सेवाहरूमा १५ प्रतिशत सम्म छुटपाउने जनाएको छ ।

त्यस्तै, बैंकले ग्राहकहरूलाई भुक्तानीको लागि डिजिटल प्लेटफर्महरूको अधिकतम प्रयोग गर्न प्रोत्साहित गर्न विभिन्न छुट र अफरहरू प्रदान गर्दै आएको छ। अफरहरूको विवरण सानिमा बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३४ कार्यालय र १२७ एटीएम नेटवर्कहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours