२३ जेठ, काठमाडौं । ह्वावेले नेपालमा नयाँ वेयरेबल उपकरणहरू सार्वजनिक गरेको छ । ह्वावेले ‘वाचा फिट ४’ सिरिजि र ‘ब्यान्ड १०’ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार वाच फिट ४, वाच फिट ४ प्रो र ब्यान्ड १० नेपाली उपभोक्ताको फिटनेस र जीवनशैली अनुभव थप राम्रो बनाउन डिजाइन गरिएको हो ।
ह्वावेका अनुसार वाच फिट ४ को मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । यसको डिस्प्ले १.८२ इन्च, एमोलेड टचस्क्रिन, ४८० बाई४०८ पिक्सेल रिजोलुसन, अधिकतम ३००० निट्स ब्राइटनेस, २७ ग्राम तौल भएको अल्ट्राथिन एलुमिनियम एलोई बडी, अपरेटिङ सिस्टम हार्मोनी ओएस, स्वास्थ्य सुविधा, फिटनेस ट्र्याकिङ, पानी प्रतिरोध, स्मार्ट सुविधा लगायत विशेषता छन् ।
त्यसैगरी वाच फिट प्रो को मूल्य ३८ हजार ९ सय ९० रुपैयाँ पर्छ । यसमा १.८२ इन्च एमोलेड टचस्क्रिन, टाइटानियम र एलुमिनियम एलोई बडी, सफायर ग्लास, एक पटकको चार्जमा १० दिन चल्ने ब्याट्री लगायत विशेषता छन् । सुरुवाती खरिदकर्तालाई निःशुल्क ‘ह्वावे फ्रिडबड्स एसई२’ दिइने कम्पनीले जनाएको छ ।
यस्तै ६ हजार ९ सय ९० रुपैयाँ मूल्य तोकिएको ह्वावे ब्यान्ड १० मा १.४७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले छ । एक पटक चार्ज गर्दा १४ दिन चल्ने ब्याट्री यसमा छ, जुन ४५ मिनेटमा फुलचार्ज हुन्छ ।


+ There are no comments
Add yours