रोबिन पोखरेल
१३ माघ, काठमाडौँ ।
नुन नभएको अचार जस्तो
भन्नै नसक्ने बिचार जस्तो
बोल्न नसक्ने सुगा जस्तो
च्यातिएको लुगा जस्तो
हारिरहने जुवा जस्तो
तिम्रो माया खै कस्तो कस्तो
छाहारी बिनाको रुख जस्तो
भुल्नै नसक्ने दुःख जस्तो
चाबी हराएको ताला जस्तो
भिनाजु नभएको साला जस्तो
हिङ बिनाको टाला जस्तो
चाउरी परेको गाला जस्तो
चुडिएको माला जस्तो
सुन्नै नसक्ने छाडा जस्तो
तिम्रो माया खै कस्तो कस्तो
भासण बिनाको ताली जस्तो
गल्ती बिनाको गाली जस्तो
बिहे भएको साली जस्तो
फुल चोर्ने माली जस्तो
नुहाउदै गर्दा सकिएको पानी जस्तो
सुधार्न नसकेको बानी जस्तो
सुन सकिएको खानी जस्तो
तिम्रो माया खै कस्तो कस्तो
पेट्रोल नभएको बाइक जस्तो
स्पिकर बिग्रिएको माइक जस्तो
पानी नआउने पाइप जस्तो
मिल्दै नमिल्ने साइज जस्तो
तिम्रो माया खै कस्तो कस्तो
पानी चुहिने घर जस्तो
चिया मा लागेको तर जस्तो
फुटेको आरि जस्तो
नजोतेको वारि जस्तो
जाडाेमा परेको असिना जस्तो
गर्मीमा आउने पसिना जस्तो
नपाकेको आलु जस्तो
खुइलिएको तालु जस्तो
तिम्रो माया खै कस्तो कस्तो
~रोबिन पोखरेल
+ There are no comments
Add yours