०९ असाेज, काठमाडौँ । जुनियर द पोयट आइडल’को मञ्चमा समृद्धि राईले प्रस्तुत गरेको कविता ‘आशाको कथा’ ले शारीरिक तथा मानसिक अवरोधबीचको संघर्ष, आत्मपहिचान, भावना, सपना र आशालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
कवितामार्फत राईले आफ्नो रोजाईले बोझ बनेको नभई परिस्थितिले फरक बनाएको अनुभूति व्यक्त गरेकी छन्। सहज रूपमा हिँडडुल गर्न, स्पष्ट रूपमा बोल्न र अरूजस्तै सामान्य जीवन बाँच्न चाहने आकांक्षालाई उनले कवितामा संवेदनशील रूपमा उतारेकी छन्।
‘आशाको कथा’मा शरीरका सीमितता र मनभित्रका भावनाबीचको द्वन्द्वलाई समेत राईले प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। आफ्नो भावना र सपना अरूलाई बुझाउन नसक्दाको पीडा, एक्लोपन र आफैंभित्रको संघर्षलाई उनले आत्मसंवादका रूपमा कवितामा अभिव्यक्त गरेकी छन्।
कविताको अन्त्यतिर राईले आफूले आफ्नै सपना जितेको कथा सुनाउने दृढता व्यक्त गरेकी छन्। यसले ‘आशाको कथा’लाई व्यक्तिगत पीडा र संघर्षको अभिव्यक्तिबाट अघि बढाएर आत्मविश्वास, आशा र सम्भावनाको सन्देश दिने सिर्जनाका रूपमा स्थापित गरेको छ।
जुनियर द पोयट आइडलको मञ्चमा प्रस्तुत यस कविताले फरक क्षमता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण, आत्मसम्मान र मानवीय संवेदनशीलताबारे पनि सोच्न प्रेरित गरेको छ।
यस्तो छ, समृद्धि राईको रचना “आशाको कथा” :
आशाको कथा’
न म चाहेर जन्मिए
न त चाहेर बोझ बने
मलाई लाग्दैन कोहि बोझ बन्छु भनेर जन्मिन्छमलाई पनि तपाईं
जस्तै हुन मन छ
सजिलो गरि हिडडुल गर्ने,
नअड्की बोल्नेभावीले नै आखाका चेपलाई
शीतल झरनाको मुहान मानेछ
शरिरलाई कुनै यन्त्र सायद
जसको नियन्त्रण मसँगै भएर पनि मसँग छैन
ज्यानका टुक्रा-टुक्रा मसँगै छन
तर कहिले मेरो आफ्नो जस्तो छैन
मेरो जीवनले यस्तो भाषा रुचायो
जस्को स्वर नसुनी नमीठो लाग्यो
जसको विचार मनमै बिलाई गयो मलाई म भित्रको म अटेरी लाग्छ,
घमण्डी लाग्छमनभित्रैबाट घृणा पलाउँछ
मुख्यत मलाई दया लाग्छ
को नै छ र उसको, म बाहेक
मेरो म बाहेक
सपना त म सग पनि त छ
तर कसैलाई बुझाउनै सक्दिनभावना त मेरो पनि छ
बुझ्ने गरि पोख्नै पो सक्दिन
घरिघरि आफैलाई अलिक पर राखेर हेर्छु
कोहि अरु नै जसरी
त्यो ‘म’ त्यो ‘उ’
उ यति एक्लि छिन्
उ आफै दुई भाग भएर
एक टुक्रालाई साथी मान्छिनजस्को जुत्ता लाउने धरी ढङ्ग छैन दाँत माझ्न पनि जान्दिनन
मनको कुरा बुझाउन सक्दिनन
त्यही पनि संसारको सुन्दरता हेरक
चोकमा भेट्छिन-कतै, कल्पनामा
कतै, यथार्थमा
कतै आफुभित्रैमानवता नदेखेनी
अब म त्यो दिनको पखाईमा छु
जहा छरिएका मेरा हरेक टुक्राहरुमा पुर्ण म हुनेछुआफ्नो अवरोध ,
सबै भन्दा ठुलो प्रेरणा मानि
सबैलाई उत्साह दिने साथी बन्नेछुम भन्नेछु ‘म’ निराशाको घेराबाट निस्केर आशाको किरण बनेको कथा
म सुनाउनेछु मैले मेरो सपना जितेको कथा ।


+ There are no comments
Add yours