सांग्रिला डेभलपमेन्ट बैंक २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

०७ भदाै, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले छुट्टाछट्टै सूचना जारी गर्दै २ लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो पटकको लिलामी आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

लगानीकर्ताले आज भदौ ७ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ आवेदन दिन सक्ने छन् ।

संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र कायम संस्थापक शेयरधनीको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघी बढाईने पनि कम्पनीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://www.digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html; charset=UTF-8`

You May Also Like

More From Author

+ There are no comments

Add yours