Advertisement

श्रीमतीको जाहेरीपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

0 470

Advertisement

२३ चैत, काठमाडौँ । गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।

नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

गायक वड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.