Advertisement

दुई समूहबीच झडपपछि सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधादेश

0 10

Advertisement

२३ चैत, विराटनगर । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको हो ।

हिजो एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका- १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको झगडाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको कामु सीडीओ वेदराज फुयलले बताए ।

हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले स्थिति नियन्त्रणमा आएको फुयलले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.