Advertisement

२०३१ अंकमा झर्‍यो सेयर बजार, २०४ कम्पनीको मूल्य घट्यो

0 16

Advertisement

१२ चैत, काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.२५ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ६०, फाइनान्स १६, हाइड्रोपावर २८, जीवन बीमा १००, माइक्रोफाइनान्स ९०, निर्जीवन बीमा ८२ र अन्य ९ अंक घटे । व्यापार ८, उत्पादन १४७, होटल तथा पर्यटन २३ अंक बढे ।

दुई कम्पनी सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्दा उत्पादन समूहमा उच्च वृद्धि देखिएको छ । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको हो ।

तारागाउँ रिजेन्सीको मूल्य ८ प्रतिशत, सीवाईसी लघुवित्तको ७.४, हिमालयन हाइड्रोपावरको ६.२ प्रतिशत बढ्यो । किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । आत्मनिर्भर लघुवित्तको ८.८, गुराँस लघुवित्तको ७ र युनिक नेपाल लघुवित्तको मूल्य ६.२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.