Advertisement

महिला र किशोरीहरुको लागि समान अधिकार आवश्यकः संयुक्त राष्ट्र प्रमुख

0 12

Advertisement

२५ फागुन, एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला र किशोरीहरुको लागि समान अधिकार आवश्यक रहेको बताएका छन् ।

एक भिडियो सन्देशमार्फत उनले महिला र किशोरीहरुको अधिकार पनि पुरुष सरह हुनुपर्ने बताएका हुन्। हरेक वर्ष मार्च ८ मा महिला दिवस मनाइन्छ । उनले समानताको लडाइमा महिलाहरुले गरेका आन्दोलनहरु प्रशंसायोग्य रहेको बताए। उनले प्रगतिलाई अझ न्यायपूर्ण र समानतातर्फ अघि बढाउन आवश्यक रहेको बताउदै विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी भएको भन्दै यसलाई समानतातिर लैजानुपर्ने बताए ।

उनले महासंघ महिलाका हक र अधिकारको सुनिश्तिताका लागि साथमा रहेको बताउदै व्यापार, वित्त, केन्द्रिय बैंक र अर्थ मन्त्रालयमा पनि महिला नेतृत्वको संख्या बढाउन आवश्यक रहेको बताए । महिला र किशोरीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति र कार्यक्रमहरूमा लगानी बढाउन आवश्यक रहेको उनकाे भनाइ थियाे ।

संयुक्त राष्ट्र प्रमुखद्वारा सुडानमा रमजान महिनामा युद्ध अन्त्य गर्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सुडानमा रमजानको पवित्र महिनामा शत्रुता अन्त्य गर्न आह्वान गरेका छन् । उनले रमजानमा शत्रुता अन्त्य गरी अघि बढ्न आग्रह गरे । रमजानले शत्रुता अन्त्य गर्ने आफ्नो विश्वास रहेको बताउनु भयो । अर्को महिना सुडानी सशस्त्र बल र द्रुत समर्थन बलहरू बीचको क्रुर लडाईको प्रकोपको एक वर्ष हुनेछ । द्वन्द्वले सुडानका जनतामा विनाशकारी क्षति पु¥याएको छ । देशको एकतालाई खतरामा पारेको महासचिव गुटेरेसले बताए ।

उनले अब हतियार राख्ने समय आएको बताउदै सुडानमा मानवीय संकट ठूलो मात्रामा रहेको बताए । द्वन्द्वले नागरिक पूर्वाधारलाई ध्वस्त पारेको र आधारभुत सेवाहरू ठप्प भएको बताए। द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा नरहेको भन्दै उनले लाखौं बालबालिका विद्यालय बाहिर रहेको, खानेपानी र सरसफाइको व्यवस्था नरहेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.