Advertisement

सेयर बजारमा भारी गिरावट, कारोबार ४ अर्ब नाघ्यो

0 17

Advertisement

२२ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिन ११७ अंक बढेको नेप्से परिसूचक यस दिन भने ७० अंक घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ ।

कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो । म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचकहरु घटेका छन् । तीन समूहहरु हाइड्रोपावर, उत्पादन र अन्य समूह ४ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ३, विकास बैंक ३.६, फाइनान्स २.७, होटल तथा पर्यटन ३.७, हाइड्रोपावर ४.३, लगानी ३.४, जीवन बीमा ३.४, उत्पादन ४.२, माइक्रोफाइनान्स १.२, निर्जीवन बीमा २.६, अन्य ४.३ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

गुराँस लघुवित्तको मूल्य ८.७, महिला लघुवित्तको ४.१, मोलुङ हाइड्रोपावरको ३.४ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बोटलर्स नेपाल तराईको मूल्य ९.४, प्रभु इन्स्योरेन्सको ८.६, बीपीडब्लू लघुवित्तको ८.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.