Advertisement

बनेपा र धुलिखेलमा आगलागी, पशु चौपाया मरे, प्रहरी घटनास्थलमा

0 21

Advertisement

०४ फागुन, काठमाडाैं । आज बिहान काभ्रेको धुलिखेल र बनेपामा आगलागी भएको छ। आगलागीमा परेर पाँच लाख भन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आज (शुक्रबार) बिहान धुलिखेल नगरपालिका १२ शंखु अधेरी निवासी सुमन जंग थापाको ढुंगा माटोको गारो र जस्ताको छानो भएको २ तले गोठमा एक्कासी विद्युत सर्ट भई आगलागी हुँदा गोठ जलेको छ भने एउटा गाई, ६ वटा बाख्रा मरेका छन्।

आगलागीबाट चार लाख ९० हजार मन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीको सहायतामा अढाई घण्टापछि आगलागी नियन्त्रणमा आएको छ।

त्यसैगरी आज बिहान पौने पाँच बजे बनेपा नगरपालिका ३ राइमाले निवासी पुरुषोत्तम दंगालको गाईबस्तु बाँध्ने गोठमा पनि आगलागी भएको प्रहरीले जनाएको छ।

दंगालको ढुङ्गा माटोको गारो र जस्ताले छाएको २ तले कच्ची गाईगोठमा अचानक आगो लागेको हो। आगलागीको खबर पाउनासाथ प्रहरी टोली घटनास्थलतिर गएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि पशु चौपायामा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.