Advertisement

यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा भारतीय नागरिक पक्राउ

0 16

Advertisement

०३ फागुन, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचको क्रममा पोखरा महानगरपालिका-९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर वस्ने वर्ष ४६ का दिली पटेललाई पक्राउ गरेको हो ।

यसअघि पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गरेको सूचनाको आधारमा निग्रानी पश्चात उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिको साथबाट नशालु पदार्थ मिसावट भएको एक पाकेट लड्डुसमेत बरामद भएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.