Advertisement

धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

0 27

Advertisement

१५ पुस, काठमाडौँ । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग एनएसएलको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको हो । ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । पहिलो पटक फाइनलमा पुगेको ललितपुर सिटी एफसीले उपाधि चुमेको छ ।

२०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको धनगढी यस पटक पनि उपविजेतामा सिमित भएको छ । एनएसएलको पहिलो सिजनको उपाधि जितेको काठमाडौँ रेजर्स भने यस सिजनमा इलिमिनेटरमा ललितपुरसँग पराजित व्यहोरेर बाहिरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.