Advertisement

गाउँ रित्तिँदै जानुको कारण खोजौं : राष्ट्रपति पौडेल

0 41

Advertisement

१० पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने ।

शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको उनले बताए ।

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए । ‘यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुबाट हुन आवश्यक छ’, राष्ट्रपति पौडेलले भने ।

उनले सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा सहयोग गर्न सरकारलाई आग्रह पनि गरे । ‘यति धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि यस क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय हो,’ राष्ट्रपति पौडेलले भने, ‘म सरकारलाई देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न आग्रह गर्दछु ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.