Advertisement

आलिया र रणवीरले पहिलोपटक मिडियामा ल्याए छोरीलाई (तस्बिरहरू)

0 32

Advertisement

०९ पुस, काठमाडाैं । पछिल्लो समय बलिउड कलाकारहरूले आफ्नो छोराछोरीलाई सञ्चार माध्यम र सामाजिक सञ्जालबाट टाढा राख्दै आएका छन्।

यस सूचीमा अनुष्का शर्मा, प्रियंका चोपडा र आलिया भट्टको नाम अगाडि आउँछ। उनीहरू सार्वजनिक कार्यक्रममा जाँदा समेत आफ्नो बच्चाको तस्बिर खिच्न अनुमति दिँदैनन्। तर हालै आलिया भट्ट र रणवीर कपूरले छोरी राहाको लुक्स सार्वजनिक गरेका छन्।

क्रिसमसको अवसर पारेर उनीहरूले भारतीय मिडियालाई छोरी राहाको अनुहार देखाएका हुन्। उनीहरू छोरी राहासँग तस्बिर खिचाएका थिए।

सार्वजनिक तस्बिरमा राहा सेतो कपडामा देखिएकी छन्। अहिले राहाको तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर आलिया र रणवीरले आफ्नो सामाजिक सञ्जालबाट भने तस्बिर सार्वजनिक गरेका छैनन्।

राहा नाम रणवीरकी आमा नीतु कपूरले राखिदिएकी हुन्। आलियाले छोरीको नामको अर्थ खुलाउँदै लेखेकी थिइन्, ‘राहा नामको निकै सुन्दर अर्थ छ। राहा आफ्नो रूपमा दिव्य पथको हो। स्वाहिलीमा आनन्द हो। संस्कृतमा राहा एक गोत्र हो। बंगालीमा आराम र राहत हो। अरबीमा शान्ति, खुशी, स्वतन्त्रता र आनन्द हो।’

आलियाले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्।

केही वर्ष प्रेममा रहेका आलिया र रणवीरले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए।

raha-1-1703497346.jpg
alia-1703497346.jpg



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.