Advertisement

नारायणीको पुलबाट हाम फालेकी महिलाको मृत्यु

0 19

Advertisement

०७ पुस, भरतपुरचितवनको नारायणी नदी पुलबाट हाम फालेकी महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी हुन ।

हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर भरतपुर अस्पताल ल्याएको थियो ।

उनको उपचारका क्रममा शुक्रबार दिउसो १२ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शाहको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.