Advertisement

तीस अर्ब लगानी भएका जुत्ता उद्योग समस्यामा, अवैधरुपमा विदेशबाट आयात हुँदा क्षमताको ४० प्रतिशत मात्रै उत्पादन

0 31

Advertisement

०७ पुस, काठमाडौं । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दा नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार पाँच सय उद्योग छन् । ती उद्योगमध्ये एक हजार दुई सय लघु उद्योग, दुई सय मझौला र एक सय ठूला उद्योग छन् । ती उद्योगले दैनिक एक हजारदेखि एक लाख जोरसम्म जुत्ता उत्पादन गर्दछन् ।

यी उद्योगमा रु ३० अर्ब लगानी रहेको र त्योमध्ये ६० प्रतिशत बैंक ऋण रहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष घिमिरेका अनुसार क्षमता धेरै भए पनि झण्डै ४० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । हाल नेपालको बजारमा वार्षिक १० करोड जोर जुत्ता माग रहेको अनुमान छ । नेपाली बजार ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी जुत्ताले ओगटेको छ ।

भूकम्पअघि वार्षिक तीन करोड हाराहारी जोर जुत्ता निर्यात हुँदै आएकोमा अहिले ६५ लाख हाराहारीमा झरेको छ । सबैभन्दा बढी भारतमा र बाँकी १८ देशमा नेपाली जुत्ता जाने गरेको उहाँले बताउनुभयो । एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेका अनुसार सरकारले नीति कार्यान्वयन नगर्दा समस्या आएको बताउनुभयो । चोरीपैठारी हुने गरेको, न्यून बिजीकरणको समस्या हुने गरेको, दक्ष कामदारको अभाव, बैंकको ब्याज महँगो हुनुजस्ता कारण नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको हो । कच्चा पदार्थको भन्सारदर १० प्रतिशतबाट २० प्रतिशत पु¥याइदा लागत बढेको छ ।

उहाँको भनाइमा राजनीतिक अस्थिरताका कारण उच्च तहमा रहेका कर्मचारी छोटो समयमा परिवर्तन हुने गरेकाले आफ्नो समस्याको सुनुवाइ हुन नसकेको हो । यो व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्ति नेपाली नहुँदा आधा विदेशी कामदार छन् । पूर्ण क्षमतामा उद्योग चल्न सकेमा एक लाख २५ हजारले रोजगारी पाउने न्यौपानेले बताउनुभयो ।

एसोसिएसनका पूर्वअध्यक्ष कृष्णकुमार फुँयालका अनुसार व्यवसायी सङ्गठित भएर बजार प्रवद्र्धन गर्दै आएका छन् । नेपालका प्रमुख सहरमा धेरै उद्योगका सोरुम एकै ठाउँमा सञ्चालनमा ल्याउने गरेका छन् । गत वैशाखदेखि सोरुम सञ्चालन गर्न थालिएको हो । हालसम्म बुटवल, पोखरा, जनकपुर, काठमाडौँ, ललितपुरको सातदोबाटो र नारायणगढमा सोरुम सञ्चालनमा ल्याइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.