Advertisement

विश्‍व घटना : ब्रिटिस गायक लेननको हत्या

0 35

Advertisement

२२ मंसिर, काठमाडौं । आज ८ डिसेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९९१- बेलाभेजा सम्झौतामा हस्ताक्षर

यो सम्झौतामार्फत तत्कालीन सोभियत संघ भंग भयो। र, त्यसको स्थान सोभियत संघबाट स्वतन्त्र भएका मुलुकहरूको राष्‍ट्र मण्डलले लियो।

– सन् १९९१- रोमानियाको नयाँ संविधान कार्यान्वयनमा

रोमानियामा आजकै दिन नयाँ संविधान कार्यान्वयनमा आएको थियो। जनमत संग्रहमार्फत पारित संविधानले रोमानियालाई प्रजातान्त्रिक मुलुकको दर्जा दियो। र, ४२ वर्ष लामो कम्युनिस्ट शासन अन्त्य भयो।

– सन् १९९१- सोभियत राष्‍ट्र मण्डलको निर्माण

तत्कालीन सोभियत संघको पतनलगत्तै त्यसबाट अलग्गिएका मुलुकहरूले राष्‍ट्र मण्डलको गठन गरे। बेलारुस, युक्रेनलगायत सोभियत संघमा छुट्टिएका मुलुकहरू यसको सदस्य बने। यसले पूर्व सोभियत मुलुकका लागि एक राजनीतिक मञ्‍च दिएको छ।

– सन् १९८७- इन्तिफादा शुरु

प्यालेस्टिनी क्षेत्रमा इजरायलको कब्जापछि प्यालेस्टिनी जनताले विद्रोह गरेका थिए, जसलाई इन्तिफादा नाम दिइयो। इजरायली सेनाको ट्रकले एक कारमाथि आक्रमण गरेको थियो र कारमा सवार ४ जनाको हत्या गरेको थियो। म्याड्रिड सम्मेलनपछि सन् १९९१ मा इन्तिफादाको अन्त्य भएको थियो।

– सन् १९४१- दोस्रो विश्‍वयुद्धमा अमेरिकाको इन्ट्री

अमेरिकाले आजकै दिन दोस्रो विश्‍वयुद्धमा हिस्सा लिएको थियो। जापानी सेनाले हवाई टापुको पर्ल हार्बरमा आक्रमण गरेपछि अमेरिकाले जापानविरुद्ध युद्ध घोषणा गर्दै दोस्रो विश्‍वयुद्धमा सामेल भएको थियो।

– सन् १९८०- ब्रिटिस गायक लेननको हत्या

सन् १९८० मा आजकै दिन ब्रिटिस गायक जोन लेननलाई गोली हानी हत्या गरिएको थियो। अमेरिकाको न्युयोर्कमा उनीमाथि मार्क डेभिड च्यापम्यान नामक व्यक्तिले गोली प्रहार गरेका थिए। उनी ‘द बिटल्स’ नामक विश्‍वविख्यात ब्यान्डबाट चर्चामा आएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.