Advertisement

शाहरुख खानको ‘डंकी’ ट्रेलर : विदेशिन संघर्ष गर्ने पञ्जाबका गाउँले युवाको कथा

0 19

Advertisement

१९ मंसिर, काठमाडौं । ‘पठान’ र ‘जवान’जस्ता हिट फिल्मपछि फ्यानले शाहरुख खानको आगामी फिल्म ‘डंकी’लाई व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन् । निर्देशक राजकुमार हिरानीसँग यो उनको पहिलो सहकार्य हुनेछ ।

यो कमेडी फिल्मको शीर्ष भूमिकामा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ । यो फिल्मलाई कथाकार तथा निर्देशक हिरानीले नै निर्माण गरेका हुन् । फिल्ममा शाहरुख खान आफ्नो ‘पठान’ र ‘जवान’ स्टाइलभन्दा फरक देखिनेछन् ।

फिल्मको ट्रेलर सन् १९९५ को कथाबाट सुरु हुन्छ । ‘थ्री इडियट्स’ फेम्ड निर्देशक हिरानीले यसमा पनि उस्तै महसुस हुने संसारको निर्माण गरेका छन् । तर यसमा ज्यानको जोखिम लिएर विदेशिन बाध्य विद्यार्थीको कथा पेश गरिएको छ ।

रेलको दृश्यमा शाहरुख (हार्डी)को पहिलो झलकले तपाईंलाई उनको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जायेंगे’ सम्झाउँछ । ३ मिनेट २१ सेकेण्डको यो भिडियोमा एक्सन र भावनाको मिश्रण छ । शाहरुख खानको पात्र पञ्जाबको सुन्दर गाउँ लल्टु पुग्छ र मनु, सुखी, बग्गु र बल्ली जस्ता साथीलाई भेट्छ । तिनीहरू सबैको एउटै सपना छ– राम्रो अवसरको खोजीमा लण्डन जाने र परिवारलाई राम्रो जीवन प्रदान गर्ने ।

निर्देशक हिरानी फिल्मी जगतमा उनको असाधारण कथा वाचनको लागि परिचित छन् । ‘डंकी ड्रप १’ हुँदै ‘ड्रप ४’ नाम दिइएको ट्रेलरमा थ्रिलर पनि समावेश छ ।

जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा प्रस्तुत ‘डंकी’ राजकुमार हिरानी र गौरी खानले निर्माण गरेका हुन् । अभिजात जोशी, राजकुमार हिरानी र कनिका ढिल्लनले लेखेको यो फिल्म २१ डिसेम्बर २०२३ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.