Advertisement

भारतको मणिपुरमा हिंसात्मक झडपमा १३ जनाको ज्यान गयाे

0 28

Advertisement

१९ मंसीर, काठमाडाैं । भारतकाे उत्तरपूर्वी राज्य मणिपुरमा सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इम्फालको राजधानी मणिपुरबाट झन्डै ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरु गरेको थियो ।

सेनाले लेइथु गाउँमा १३ वटा शव भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्, एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

गैरआदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे ३ देखि हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन् ।

राज्यमा प्रदर्शनकारीले घर र पसललाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए ।

प्रहरीले गएकाे भदौ १५ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे जेठ १५ गतेदेखि अहिलेसम्म यस क्षेत्रमा एक सय ७५ जनाको ज्यान गएकाे छ । तथ्याङ्कअनुसार यो अवधिमा एक हजार एक सय १८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.