Advertisement

विप्लवसहित ४ नेताविरुद्ध पक्राउ पुर्जी जारी

0 33

Advertisement

१९ मंसीर, काठमाडाैं । जिल्ला अदालत काठमाण्डाैले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा विप्लवसहित पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाण्डाैले गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

२०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनीहरूमाथि सङ्घीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि मङ्सिर १० गतेको इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने ‘वारेन्ट’ जारी गर्न आदेश दिएको थियो ।

पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.