Advertisement

बागमती प्रदेश महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

0 28

Advertisement

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो भएको लालितपुर र काठमाडौँबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट सङ्घले उपाधि हात पारेको हो ।

सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमल एक ओभरमा ६ विकेटमा लक्ष्य पूरा गरेर उपाधि हात पा¥यो ।

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताउनुभयो । उहाँले नियमित खेल गर्न सङ्घ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने जानकारी दिनुभयो ।

रङ्गशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भइसकेको प्रमुख दाहालले बताउनुभयो । क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।

“क्रिकेट रङ्गशाला बन्नेमा दुई मत छैन”, उहाँले भन्नुभयो, “केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदैछ । एक महिनाभित्र निर्माण सुरु गर्ने गरी टेण्डरको काम हुँदैछ ।” प्रमुख दाहालले क्रिकेट रङ्गशालाको अन्य संरचनालाई पनि सञ्चालन हुने गरी सरसफाइको कार्य अघि बढ्ने बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घका केन्द्रीय सचिव तथा बागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतमबुद्ध क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै गएको उल्लेख गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.