Advertisement

सुनको भाउले लगातार तोड्दै रेकर्ड, बुधबार एकैदिन १६०० ले बढ्यो

0 38

Advertisement

१३ मंसिर, काठमाडाैं । सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार १ लाख १७ हजार ४०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको थियो । आज १६०० रुपैयाँ बढेसँगै सुनको भाउ पुनः ऐतिहासिक बिन्दुमा पुगेको हो ।

बुधबार छापावाला सुनको भाउ १ लाख १९ हजार ३०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख १७ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

विश्व बजारमा प्रचलनमा रहेको मुद्रा अमेरिकी डलरको विकल्पमा ब्रिक्स मुलुकहरुले ’गोल्ड ब्याक करेन्सी’ प्रचलनमा ल्याउने तयारी गरिरहँदा विश्व बजारमा सुनको माग बढिरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले समग्र विश्वको वित्तिय प्रणालीले सुनको भाउलाई असर गरिरहेकोले अझै भाउ बढ्न सक्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ सम्ममा प्रतिऔंस सुनको भाउ ३ हजार डलरसम्म पुग्न सक्छ । ” यसरी विभिन्न कारणले विश्व बजारका लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको भाउ बढेको हो ।

बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार १५० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ५२० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ०४३ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.