Advertisement

ऐतिहासिक विषयमा आधारित उपन्यास ‘भृकुटी’ सार्वजनिक

0 48

Advertisement

१० मंसिर, काठमाडौं । साहित्यकार एवं प्रशासनविद् डा गोविन्दप्रसाद कुशुमको ऐतिहासिक विषयवस्तुमा उपन्यास ‘भृकुटी’ सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा दक्षिण-एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा कुशुमको पुस्तक भृकुटी सार्वजिनक गरिएको हो।

‘हरित तारा’ले चिनिने सातौं शताब्दीकी नेपाली राजकुमारी भृकुटीको जीवनगाथा र त्यस समयको परिवेशमा लेखिएको उपन्यास ‘भृकुटी’ इतिहासका तथ्यहरुको जगमा उभिएको छ। पुस्तक सार्वजनिक कार्यक्रममा आफ्नो पाठकीय अनुभव राख्दै कानुनविद् प्राडा युवराज संग्रौलाले इतिहासबारे सोधखोज गरेर लेखिने यस्ता आख्यानले इतिहासबारे थप अध्ययन गर्ने र खोजी गर्ने बाटो खोलिदिएको बताए।

संग्रौलाले भने, ‘भृकुटीले तिब्बतमा नेपाली पहिचान स्थापित गर्न पुर्याखएको योगदान हाम्रो इतिहासले बताउँदैन। तर, यो उपन्यासले त्यो तथ्य खोजी गर्ने कोसिस गरेको छ।’ उनले यो उपन्यासलाई विश्वविद्यालयमा नेपाली साहित्यका विद्यार्थीका लागि पढाइनुपर्ने समेत बताए।

उपन्यासमा लिच्छबीकालका राजा अंशुवर्माको शासन समयमा आर्थिक, सामरिक र राजनीतिक सवालमा भृकुटीले पुर्‍याएको योगदान मिठोसँग चर्चा गरिएको संग्रौलाको भनाइ थियो।

आफ्नो पठन अनुभव सुनाउँदै युवा साहित्यकार समृद्धि अर्यालले उपन्यासमार्फत आजभन्दा १४ सय वर्षअगाडि राजकुमारी भृकुटीले समाज सुधारका लागि गरेको पहलबाट आजको समाजले समेत शिक्षा लिन सक्ने बताइन्।

लेखक डा गोविन्दप्रसाद कुशुमले आफ्नो कृति पढ्दा उपन्यास र बुझ्दा इतिहासका रुपमा लिन सकिने बताए। कुशुमले भने, ‘अंशुवर्माको काल स्वर्णकाल मानिन्छ, तर त्यो स्वर्णकाललाई स्वर्ण बनाउन भृकुटीले पुर्‍याएको योगदान हाम्रो इतिहासमा पाइँदैन। यो उपन्यासमार्फत त्यसैको खोजी होस् भन्ने मेरो आग्रह हो।’

सांग्रिला बुक्सले प्रकाशन गरेको उपन्यास भृकुटीको मूल्य ७९५ रुपैयाँ रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.