Advertisement

“सकेसम्म भुसको रोटी पिठोभनी बिकाउँने हो”

0 23

Advertisement

शम्भु पाैडेल

३० फागुन, काठमाडाैं ।

आज जसलाई सलाम गर्यो
भोलि उसैलाई ठोक्नुपर्छ
राजनीतिको भद्दा रुप
आफ्नै काध चिसो पारी
पालै पालो उसैलाई बोक्नुपर्छ
आज यता भोलि उता
छलाङ मार्न छेपारो झैँ
आफ्नो पद जोगाउन
छिन छिनमै रङ्ग फेर्नुपर्छ।

हिजो जसलाइ गाली गर्यो
आज उसकै पाउ पर्दै
आफ्नै बोली छिनमै फेरी
फगत आफ्नो स्वार्थ हेरी
यता झुट उता झुट
झुटै झुटको गुट बनाई
कार्यकर्ता भड्काएर
जनतालाई लडाएर
आफैँ पदमा पुग्नुपर्छ ।

सिद्धान्त र नियम कानुन
जनतालाई सिकाउने हो
सकेसम्म भुसको रोटी
पिठो भनी बिकाउँने हो
संबिधान र समाजवाद
गणतन्त्र भट्याएर
भोका हरुको पेटभरी
सिद्धान्तको ठेली कोच्नुपर्छ ।

हिजो यिनै आमने सामने
लडने अनि लडाउने
सबै पिडालाई बिर्सिएर
आफ्नो मनलाई गाठोपारी
पिल्सिएका घाउहरु ओकल्जीदा
नदुख्ने ब्रुफिन चक्कि खाँदै
घाउमा मलम पट्टि लगाएर
उनिहरुकै गठबन्धनको
एउटै झण्डा मैले बोक्नुपर्छ
चुनाव चिन्ह खाली हुँदा
बिकल्प केही छदैँ छैन्
पालैपालो उनिहरुको
त्यो जङगीआदेशपछि
दुबै आँखा चिम्लीएर
मैले छाप ठोक्नुपर्छ ।

उनिहरुकै पछि लाग्दा
साथी टाढा नाता टाढा
छिमेकीको एक आपसमा
छैन आजकाल बिश्वास गाढा
यस्ता पिँडा नेतालाइ
सुनाएर सोधेँ मैले
जबाफ आयो राजनीति यस्तै हो रे
चुपचाप बसी माहोल हेर्दै
माथि अनुसार चल्नुपर्छ ।।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.