Advertisement

मानव बेचबिखन तथा ओसारपसार कसुरमा होटल सञ्चालक र प्रबन्धक पक्राउ

0 31

Advertisement

१० मंसिर, सप्तरी । मानव बेचबिखन तथा ओसारपसार कसुरमा होटल सञ्चालक र प्रबन्धक पक्राउ परेका छन्। राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक र प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन्।

उक्त गेष्ट हाउसमा वेश्यावृत्ति भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.