Advertisement

एकादशी मेलामा झिलिमिली बुढानिलकण्ठ : फोटो फिचर

0 44

Advertisement

०९ मंसिर, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको हिन्दु धर्मावलम्बीको पवित्र स्थल बुढानीलकण्ठ मन्दिरमा पाँच दिने विशेष ‘हरिबोधनी एकादशी’ (तुलसी विवाह) मेला पर्व हिजो बाट सुरु भएको छ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी, एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चना सहित तुलसी विवाहको उत्सव मनाइन्छ ।

तस्बिर : लायल लम्साल

सनातन धर्म अनुसार आषाढ शुक्ल एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ।

भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्‌नुभएको विश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ।

अनि शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ। परापूर्वकाल देखिनै निरन्तर रुपमा प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखी पूर्णिमासम्म गरि पाँचदिनसम्म मन्दिर परिसरमा विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरिबाट लाखौं भक्तजनहरुको उपस्थिति रहने हुनाले यस समयलाई स्थानीयवासीले भव्य उत्सव तथा पर्वका रुपमा मनाउँदै आएको पाइन्छ ।

तस्बिर : लायल लम्साल



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.