Advertisement

रणवीर कपुरको ‘एनिमल’ ट्रेलर : बाबुछोराको कथामा भरपुर एक्सन

0 24

Advertisement

०९ कार्तिक, काठमाडौं । रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर र बबी देओल स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । एक्सन र संवेदनाका दृश्यले भरिपूर्ण ट्रेलरमा फिल्मको कथावस्तुबारे महत्वपूर्ण खुलासा गरिएको छ ।

जसअनुसार यो फिल्म बाबुछोराको दुश्मनी र त्यसले ल्याउने सामाजिक असरको कथा वरपर घुम्छ । बाबुले छोरालाई बाल्यकालदेखि नै समय दिन नसक्दा छोरामा विकास हुने आपराधिक र हिंसात्मक संस्कार अनि परिवारमा विग्रह आउँदा तेस्रो शक्तिले गर्ने चलखेलको कथावस्तुमा फिल्म केन्द्रित छ ।

‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले यो फिल्ममा पनि हिंसा र प्रेमको मनोविज्ञानलाई चित्रण प्रयत्न गरेका छन् । रणवीरको चरित्रमा बहुआयामिकता देख्न सकिन्छ । अनिल कपुरलाई उनका पिता र रश्मिकालाई पत्नीको रुपमा दर्शाइएको छ । बबी देओल खलपात्रको भूमिकामा छन् ।

रणवीर धेरैपछि सशक्त अभिनयमार्फत कमब्याक गर्न लागिरहेको देखिन्छ । ट्रेलर डार्क भए पनि यसमा व्यावसायिक तत्व पनि प्रशस्त मिश्रण गरिएको छ । बबी देओलको इन्ट्री दमदार लाग्छ । उनी ग्याङस्टर चरित्रमा देखिन्छन् । यो फिल्म मंसिर १५ गतेदेखि भारतसहित विश्वभर प्रदर्शन हुने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.