Advertisement

विश्व शौचालय दिवस २०८० “ परिवर्तनको गति बढाउदै” नारासहित मनाइँदै

0 13

Advertisement

०२ मंसिर, काठमाडौं । विश्व शौचालय दिवस १९ नोभेम्बर नेपालमा पनि सरसफाईका मुद्धामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघसंस्था र नेपालस्थित अन्तराष्ट्रिय विकास निकायहरुले खानेपानी र सरसफाईको क्षेत्रमा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्यलाई सन २०३० मा हासिल गर्न सहयोेग पुर्याउने ढंगले विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको बताएका छन् ।

स्मार्ट वास सोलुसन्सले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक शौचालयहरुको व्यवस्थापनका विषयमा केन्द्रित रही शुक्रबार एक कार्यशाला गोष्ठि आयोजना गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले विश्व शौचालय दिवस १९ नोभेम्बरको अवसर पारेर इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपालसंगको सहकार्यमा स्मार्ट वासले भोलि मंसिर १ गत े(तद्अनुसार १७ सेप्टेम्बर २०२३)मा होटल हिमालय,कुपण्डोल ललितपुरमा एक कार्यशालाको आयोजना गर्ने जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघले तय गरेको परिवर्तनको गति बढाउदै भन्ने मूल नारालाई टेवा पुग्ने गरी तय गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठिमा विज्ञहरुद्धारा पाँचवटा कार्यपत्रहरु प्रस्तुत गरी छलफल गरिने छ ।

छलफलबाट प्राप्त निश्कर्ष र सुझाबहरु नेपाल सरकार र सरसफाईमा संलग्न राष्ट्रसंघीय निकायसमक्ष प्रस्तुत गरिने छ । यसले राष्ट्रसंघद्धारा निर्धारित गरिएको दीगो विकास लक्ष्य हासिल गर्ने नेपालको कार्यक्रमलाई गति दिन सघाउने विश्वास आयोजकहरुको रहेको छ । नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, हाम्रा शहर र मानव बस्ती स्वच्छ र सफा राख्ने, मानव सभ्यता र सुसंस्कार विकसित गर्ने यस अभियानलाई घरघर र जनजनमा पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न आयोजकहरुले बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.निजी क्षेत्रबाट खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्ने उद्देश्यले खानेपानीका क्षेत्रमा क्रियाशील विज्ञहरुको पहलमा स्थापना भएको संस्था हो । यसले स्वच्छ तथा सुरक्षित खानेपानीको उपलब्धता, बर्षाको पानीको संकलन र भण्डारण, सरसफाई, मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।त्यस्तै इन्टरनेशल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपाल खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु हुन्।

शौचालय दिवस र सरसफाईको महत्व

मानव समुदायलाई मानवजन्य दिसा र पिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको छ । यस बर्ष पनि संयुक्त राष्ट्र संघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । यस बर्षको नारा परिवर्तको गति बढाउदै९ब्अअभभिचबतष्लन ऋजबलनभ० भन्ने राखिएको छ ।

संयुक्त राष्ट्र संघले सन २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैठौ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय रहेको छ । तर २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाई शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र संघले यस बर्षको नारा परिवर्तनको गति बढाउदै ९ब्अअभभिचबतष्लन ऋजबलनभ० भन्ने राखेको हो ।

राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुलास्थानमा दिसा.पिशाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले प्रकृति, महिला, केटी र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाई र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न हामीसंग अब ७ बर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न हामीले अहिले गरेको कामको गति ५ गुना तीब्र बनाउनु पर्दछ । यस बर्षको अभियानमा राष्ट्र संघले हमिड. बर्डको उपयोग गरेको छ, जसले आफ्नो चुच्चोमा पानी बोकेर भयंकर डँडेलो(आगजनी)संग लडेको भन्ने प्राचिन कथाको सन्देश बोकेको छ । यसले हामी सबैले आआफ्नो स्थानबाट सानोभन्दा साना प्रयास गरेमा ठूला समस्याको समाधान गर्न सक्छौ भन्ने सन्देश दिएको छ ।

नेपालमा सरसफाईको अवस्था

नेपाल १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो । सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की जिल्ला खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै ९ बर्षको अनवरत प्रयासपछि २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो ।

नेपालमा पूर्ण सरसफाईको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाई सप्ताहको रुपमा कार्यान्वयनमा ल्याइएको थियो । २००३ मा समुदायको अगुवाईमा यो अभियान बढाइयो भने २००६ मा विद्यालयको अगुवाईमा । सन २००८ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरसफाई बर्षको रुपमा घोषणा गरेपछि यसले ब्यापक जनजागरण ल्यायो । सन २०११ मा सरसफाई गुरुयोजना नै बनाएर सरसफाईका सूचक र चरण निर्धारण गरियो । गुरुयोजना अनुरुप आधारभूत स्तरको सरसफाई सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन भयो । नेपाललाई २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई बर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुन सक्यो ।

आगामी चुनौतीहरु

दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भएपनि पूर्ण सरसफाईको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।

संयुक्त राष्ट्रसंघको खानेपानी तथा सरसफाई हेर्ने निकाय युएन वाटरले सार्वजनिक गरेको विवरण अनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाई सेवा उपयोग गर्ने गर्दछन् । आउदा ७ बर्षमा झण्डे आधै जनसंख्यालाई यस्तो सेवा पुर्याउन पर्ने अवस्था छ । नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलार्य पनि शतप्रतिशत पुर्याउनु पर्नेछ । घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ । बाँकी ६१ प्र्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै छ ।

नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन बाँकी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.