Advertisement

यू–१९ एसिया कपः नेपालको पहिलो खेल पाकिस्तानसँग

0 10

Advertisement

२२ कार्तिक, काठमाडौँ । एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंसिर २२ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल मंसिर २९ गते र फाइनल पुस १ गते हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.