Advertisement

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ६३ जनाको ज्यान गएको पुष्टि

0 70

Advertisement

१८ कार्तिक, काठमाडाैं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

उद्धारको टोली जाजरकोट जाँदै

जाजरकोट र रुकुमपश्चिममा भुकम्पमा परेका नागरिकको उद्धारका लागि दुवै जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमूखहरुको नेतृत्वमा उद्धारका लागि प्रहरी परिचालन भएका छन् ।

अन्य सशस्त्र प्रहरी र नेपाली सेना पनि साथमा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले भने,’ जिल्लामा रहेको प्रहरी जनशक्तिका साथै थप ६० जनाको टोली सुर्खेतबाट पठाइएको छ । मुगुबाट म पनि भुकम्प प्रभावित क्षेत्रमा जाँदैछु । घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट एम्बुलेन्स पनि पठाइएको छ ।

यता भूकम्पमा परी जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। १०० बढी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई थपउपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.