Advertisement

रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ

0 23

Advertisement

१३ कर्तिक, काठमाडाैं । निरन्तर मूल्य बढेर रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको छापावाला सुनको मूल्य १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ ।

हिजो १ हजार रुपैयाँले बढेर छापावाला सुनको १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार १ डलरमा कारोबार भइरहेको छ । हिजो २ हजार ६ डलर प्रति औंसमा कारोबार भइरहेको सुनको मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि सुनको मूल्य घटेको हो । यस्तै आज अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रति औंस २३.१३ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.