Advertisement

इजरायलमा गोली लागेर घाइते भएका डाँगीले गरे अस्पतालबाट बुबासँग कुराकानी

0 65

Advertisement

२१ असाेज,रूपन्देही। इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेसंगै सम्पर्कविहीन दाङका प्रविण डांगीले अस्पतालको सैयाबाट नर्सको मोबाइलबाट परिवारलाई सम्पर्क गरेका छन् ।

खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले अस्पतालबाट बुबालाई कुराकानी गरेपछि परिवारको तनावमा कम भएको हो ।

दुवै खुट्टामा गोली लागेका कारण घाइते अवस्थामा रहेको र अपरेशनको तयारीमा रहेको छोराले बताएको निमबहादुरले जनाएका छन् । ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताए, खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ’, निमबहादुरले भने ।

कृषिमा स्नातक गरेका डांगी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका अन्तरगत ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत गत भदौ २३ गते इजरायलको गाजामा पुगेका थिए ।

दंगीशरण गाउपालिका वडा नं ३ का वडाध्यक्ष शुकलाल चौधरीका अनुसार इजरायलको अस्पतालबाट उनले भिडियो कल गरेका थिए । बाबु सम्पर्कमा आए, त्यहिँको अस्पतालको नर्सको मोवाइलबाट भर्खरै भिडियो कल भएको छ, ‘म पनि उनको बुबासँगै छु’, चौधरीले भने ।

डांगीका बुवा निमबहादुरका अनुसार प्रविणसंगै दाङ तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीका एक युवा र उनका अन्य १ जना साथीसमेत सँगै गएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.